Listen Live

छैटौं नगर परिषद सम्पन्न २ वटा विधेयक पारित

छैटौं नगर परिषद सम्पन्न २ वटा विधेयक पारित २८ माघ २०७५ ए.एफ.एम डेस्क
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको छैटौं नगर परिषद सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा संचालन भएको परिषदमा आर्थिक वर्ष २०७५÷०७६ मा भएका अर्धवार्षिक कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत तारा वहादुर कंवरले नगरवाट भएका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।  
नगर पषिदले  आगामी  अर्थिक वर्ष ०७६÷०७७ का लागी वडा गाउँ तथा टोलमा विकास  योजना छनौटको कार्य सुरु गर्ने भएको छ । परिषदमा  मदिरा नियन्त्रण सम्वन्धि छलफल भएको थियो । छैटौं नगर परिषदले २ वटा विधेक पारित गरेको छ ।
परिषदले अनाथ तथा जोखिममा रहेका वालवालिकाका लागी सामाजिक सुरक्षा कार्यक्रम कार्यविधि सम्वन्धि ऐन २०७५ र गैरसरकारी संघ संस्था परिचालन सम्वन्धि ऐन २०७५ विधेक पारित गरेको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP