Listen Live

वृहत चौरजहारी महोत्सवको तयारी तीव्र

वृहत  चौरजहारी महोत्सवको तयारी तीव्र १८ माघ २०७५
गोपाल रेग्मी ,रुकुम पश्चिम
एफ.एम.
रुकुम पश्चिमको सुन्दर नगरी चौरजहारीमा हुन लागेको वृहत चौरजहारी  महोत्सव २०७५ को तयारी तीव्र रुपमा अगाडी वढेको छ ।
चौरजहारी उद्योग वाणिज्य संघले आगामी फाल्गुन ७ देखि १७ गते सम्म संचालन गर्न लागेको महोत्सवको तयारी तीव्रगतिमा अगाडी वढेको प्रवक्ता यदुकुमार आचार्यले जानकारी दिनुभयो ।
महोत्सवलाई सफल पार्नको लागी उद्योग वाणिज्य संघले चौरजहारीमा रहेका विभिन्न कार्यालयका प्रमुख एवम प्रतिनिधि, पत्रकार व्यापार व्यावसायी तथा सरोकारवाला निकायहरु संग छलफल समेत गरेको छ ।
चौरजहारीको व्यापार व्यावसाय उद्योग धन्दा कलकारखाना तथा पर्यटन प्रर्वद्धनमा महोत्सवले टेवा पुरयाउने अपेक्षा गरीएको वाणिज्य संघका अध्यक्ष प्रेम गहतराजले वताउनु भयो ।
चौरजहारी नगरपालिकाको वडा नं २ सेवा केन्द्र नजिक रहेको रंगशालामा हुने महोत्सवको लागी व्यापक प्रचार प्रसार व्यानर तथा  पर्चा पम्पिलेट छपाईको काम भैरहेको संघका कोषाअध्यक्ष सन्तोष वलीले जानकारी दिनुभयो ।
 महोत्सवमा  महानायक राजेश हमाल , विराज भटट मेलिना राई,कुलेन्द्र विश्वकर्मा,प्रकास सपुत,प्रिति आले,शान्तिश्री परियार,भुमिका गिरी जीवन शर्मा हेमन्त शर्मा ,किरणवावु पुन,तिलक परियार,जय देवकोटा, अमित परियार पुर्ण चन्द केसी धनराज चनारा रमेशराज भटटराई र मिस्टर आरजेले आफनो प्रस्तुति देखाउने छन । त्यसैगरी हास्यकलाकार जिग्री पाण्डे,महादेव त्रिपाटी जादुगर,नायिका शुष्मा अधिकारी,पुजा परियार डान्सर कृति पाण्डे,सगुन थापा,र अन्जली चन्द ठकुरी आउने आयोजकले वताएको छ ।
महोत्सवमा स्थानिय कलाकार विजय तिरुवा,भरत वि.क,लोकेन्द्र परियार अनिता वि.क र अभि सुनारले समेत आफनो प्रस्तुति राख्ने वताईएको छ ।
महोत्सवको कृषि प्राकृतिक सम्पदा कला संस्कृतिको संरक्षण उद्योग व्यापार संगै पर्यटन प्रवद्र्धन हाम्रो अभियान आत्मा निर्भर एकता र संवृद्ध नगरको निर्माण,चौरजहारी नगरवासिको पहिचान प्रथम वृहत चौरजहारी महोत्सव २०७५ मुलनारा राखिएको छ ।
रुकुम पश्चिमको चौरजहारीमा विभिन्न समयमा यस क्षेत्रको कला संस्कृति  परम्परा रितिरिवाज व्यापार व्यावसाय कृषि पर्यटनको प्रचार प्रसारको लागी महोत्सवको आयोजना हुदै आईरहेका छन ।
रुकुम सल्यान जाजरकोट लगाएतका जिल्ला वाट आउने दर्शकहरुले  नयाँ नयाँ प्रविधि सुपथ मुल्यका पसल वाट समान किनमेल तथा अवलोकन गर्न पाउने छन भने चर्चित नायक तथा गायक गायिकाहरुको प्रत्यक्ष उपस्थितिमा गीत संगित सुनेर मनोरज्न लिने छन  । महोत्सवमा १ सय २० वटा स्टल रहने वताईएको छ ।

Program Archive

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP