Listen Live

कर्णाली प्रदेश सरकारले १० वटा एम्बुलेन्स किन्ने

मुना हमाल । सुर्खेत, १० माघ । कर्णाली प्रदेश सरकारले १० वटा एम्बुलेन्स किन्ने भएको छ । यसका लागि सरकारले भन्सार छुटका लागि संघिय सरकारसंग माग गरेको छ । हिजो बसेकोे मन्त्रीपरिषद बैठकले प्रदेशका लागि १० वटा एम्बुलेन्स खरिद गर्ने सम्बन्धमा भन्सार छुट लागि अर्थ मन्त्रालयलाई माग गर्ने निर्णय गरेको हो । प्रदेशका १० वटै जिल्लाका लागि एम्बुलेन्स खरिद गर्न सामाजिक बिकास मन्त्रालयले दुई करोड ५० लाख बजेट बिनियोजन गरेको छ । जनतालाई स्वास्थ्य संस्थासम्म सहज रुपमा पुग्नका लागि एम्बुलेन्स खरिद गर्न लागिएको सामाजिक विकास मन्त्री दल रावलले जागरणलाई जानकारी दिनुभयो ।

उहाँले अब संघिय सरकारले भन्सार छुटका लागि सहमति दियो भने टेण्डर आब्हान गर्ने जानकारी दिनुभयो । यस्तै मन्त्रीपरिषद बैैठकले अनुसन्धान ब्युरो सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान पनि गरेको छ । कानुन मन्त्रालयले नै प्रस्ताव गरेको प्रहरी भवन निर्माण तथा सुधार गृह निर्माण सम्वन्धमा प्रदेश प्रहरीसंग समझदारी गरी कामलाई अगाडि बढाउने निर्णय गरेको छ । यस्तै बैठकले स्वयंसेवक परिचालन सम्वन्धि विधेयकको मस्यौदा तर्जुमाका सामाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको सामाजिक मन्त्री रावलले जानकारी दिनुभयो 

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP