Listen Live

हरिभक्त स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गणेश बि.क. सम्मानित

हरिभक्त स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गणेश बि.क. सम्मानित
माघ ०१, २०७५
 हरिभक्त स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकमा कार्यरत पत्रकार गणेश बि.क. सम्मानित भएका छन् ।
मङ्गलबार रुकुम (पश्चिम) को चौरजहारीमा आयोजित शहीद हरिभक्त ओलीको २० औं स्मृति सभामा पत्रकार बि.क.लाई सम्मान गरिएको हो ।
यस वर्षदेखि प्रदान गर्न सुरु गरिएको  उक्त पुरस्कार प्राप्त  गर्ने बि.क.पहिलो बन्नु भएको छ । 
लोकतन्त्रको पक्षमा पत्रकारिताको क्षेत्रबाट  योगदान पुर्याएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको प्रेस युनियन रुकुमले जनाएको छ । प्रत्येक वर्ष हरिभक्त स्मृति सभाको अवसरमा प्रदान गरिने प्रेस युनियन रुकुमका सचिव लोकेन्द्र खनालले बताउनुभयो ।
पत्रकार बिकलाई सम्मानपत्रसहित नगद रकम १५ हजार रुपैयाँ प्रदान गरिएको छ । नेपाली काङ्ग्रेसका नेता हरिभक्त ओलीको २०५५ साल माघ १ गते तत्कालीन विद्रोही माओवादीद्वारा हत्या गरिएको थियो । ओली तत्कालीन जिल्ला विकास समितिका सभापति समेत हुनुहुन्थ्यो ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP