रेडियो आफ्नो एमएम तेस्रो वर्षमा प्रवेश ः वार्षिक उत्सवमा फलफूल वितरण र मञ्चको कार्यक्रम

२७ पुस, २०७५
रुकुम (पश्चिम) को चौरजहारीमा सञ्चालित रेडियो आफ्नो एफ.एम.ले आफ्नो वार्षिक उत्सवको अवसरमा चौरजहारी अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । रेडियो सञ्चालन भएको दोस्रो वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरेको हो । बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।
चौरजहारी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर कालेब बुढा, मानव विकास तथा सामुदायिक सेवाका विजय मानन्धर, रेडियोका पदाधिकारी, कर्मचारी लगायतको सहभागितामाम फलफूल वितरण गरिएको थियो । श्रोता र रेडियोबिचको सम्बन्धलाई थप राम्रो बनाउन फलफूल विरण कार्यक्रम रचनात्मक सहयोग पुर्याउने विश्वास लिइएको छ ।
२०७३ पुस २७ गतेदेखि रेडियोले आफ्नो प्रशारणको यात्रा तय गरेको थियो। वार्षिक उत्सवको अवसरमा शुक्रबार चौरजहारी नगरपालिको सभाहलमा औपचारिक मञ्चको कार्यव्रmम पनि आयोजना गरिएको छ । रेडियोका सहयोगी, विज्ञापनदाता, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
-
On Air
Currently Offline -
Up Next
थाहा खबर Time: 09:00 NST - View today's programs
Latest News
- स्वास्थ्य शिविर वाट १ सय १९ जनाले पाए सेवा
- छैटौं नगर परिषद सम्पन्न २ वटा विधेयक पारित
- वृहत चौरजहारी महोत्सवको तयारी तीव्र
- महोत्सवले व्यापार व्यावसायमा टेवा पुग्छ नगर प्रमुख शर्मा
- कर्णाली प्रदेश सरकारले १० वटा एम्बुलेन्स किन्ने
- कर्णाली प्रदेशका अधिकांश जिल्लाका सडक स्तरउन्नती हुने
- हरिभक्त स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गणेश बि.क. सम्मानित
- रेडियो आफ्नो एफ.एम.ले मनायो तेस्रो वार्षिक उत्सव ः उत्सवमा फलफूल, सम्मान पत्र र रेडियो वितरण
- रेडियो आफ्नो एमएम तेस्रो वर्षमा प्रवेश ः वार्षिक उत्सवमा फलफूल वितरण र मञ्चको कार्यक्रम
- चौरजहारीमा पूर्वाधार विकास कार्यालय स्थापना ः पूर्वाधार विकासको लागी ४३ करोड बजेट
Program Archive
-
25
Mar
नगर गतिबिधि