Listen Live

चौरजहारीमा पूर्वाधार विकास कार्यालय स्थापना ः पूर्वाधार विकासको लागी ४३ करोड बजेट

चौरजहारीमा पूर्वाधार विकास कार्यालय  स्थापना ः पूर्वाधार विकासको लागी ४३ करोड बजेट
न्यूज डेस्क 
२६, पुस २०७५
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पूर्वाधार विकास कार्यालयको उदघाटन गरिएको छ । कर्णाली प्रदेश  भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात  पूर्वाधार निर्देशनालयअन्तर्गत तीन वटा जिल्ला हेर्ने गरि  स्थापना गरिएको कार्यालय कर्णाली प्रदेश सांसद गोपाल शर्मा (अनल) ले गर्नुभएको हो । पूर्वाधार विकास कार्यालयले रुकुम पश्चिम ,जाजरकोट र डोल्पा जिल्लामा सडक वाटो निर्माण तथा स्तरोन्नति, मोटयरेवल पुल र झुलुङ्गेपुल निर्माणको कार्य गर्ने बताइएको छ ।
    चौरजहारी नगरपालिका वडा नम्बर २ विजयश्वरी डाँडामा पूर्वाधार विकास कार्यालयको स्थापना गरिएको छ । कार्यालय स्थापना भएसँगै यस क्षेत्रको  पूर्वाधार विकासले तीव्रता पाउने प्रदेश सांसद गोपाल शर्माले बताउनुभयो । उदघाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहुन भएका संसद शर्माले बजेट कार्यान्वयनका लागि सकारात्मक सहयोग, निगरानी र कमीकमजोरीलाई सल्लाह सुझाव दिन स्थानीयलाई आग्रह गर्नभयो ।
   संघले प्रदेश मातहतमा रहने गरी चार वटा पूर्वाधार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । त्यही निर्णयअनुसार चौरजहारीमा पनि कार्यालय स्थापना गरिएको सिनियर डिभिजन इन्जिनियर कमलकुमार अधिकारीले जानकारी दिनुभयो ।  उहाँले कार्यालय स्थापनासँगै पूर्वाधारको सर्वेक्षण गरि डिपिआर तयारको कार्यलाई अगाडि बढाइने वताउनुभयो ।
       सडक स्तरोन्नति पुल निर्माण लगाएत ३१ वटा योजनाको लागि ४३ करोड बराबरको बजेट रहेको सिनियर इन्जिनियर अधिकारीले जाकारी दिनुभएको छ । कार्यक्रममा चौरजहारी नगरप्रमुख विशाल शर्मा, उप प्रमुख राधा रोकाय, चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत ताराबहादुर कँुवर, कार्यालय प्रमुख तथा प्रतिनिधि एवम् वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

Program Archive

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP