Listen Live

नेकपाको जनभेटघाट र सुझाव सङ्कलनको अभियान ः तीन जनाले गरे पार्टी प्रवेश

नेकपाको जनभेटघाट र सुझाव सङ्कलनको अभियान ः तीन जनाले गरे पार्टी प्रवेश
२१ पुस, २०७५
   जनभेटघाट तथा सुझाव सङ्कलन कार्यव्रmमलाई तिव्रता दिएको नेपाल कम्युनिष्ट पाटीले शनिबार चौरजहारी नगरपालिका वडा नम्बर ४ को मनकोटमा कार्यक्रम सम्पन्न गरेको छ । भेटघाट कार्यक्रममा  जनताको पीरमर्काको सुनुवाइ र  सुझावहरु सङ्कलन गरिएको छ । त्यसैगरी कार्यव्रmममा परिवर्तित सन्दर्भ र समसामयिक राजनैतिक परिस्थितिका बारेमा प्रशिक्षण समेत दिइएको बताइएको छ ।
    कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी तीन जनाले नेपाल कम्प्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । साबिकको कोटजहारी गाविसका पूर्व उपसभापति ज्ञानबहादुर शाही, पार्टी सदस्य रगवीर बुढाथोकी र देवबहादुर ओलीले नेकपामा प्रवेश गरेको बताइएको छ । नव प्रवेशीहरुलाई नेकपाका केन्द्रीय सदस्य राजकुमार शर्मा, प्रदेश कमिटी सदस्य गोपाल शर्मा ‘अनल’, विशाल शर्मा, पुष्प वादी र चन्द्रबहादुर नेपालीले स्वागत गर्नुभएको थियो ।
    काँग्रेसले जनताको जनजीवनका सवाललाई उठाउन नसकेकोले नेपाल कम्प्युनिष्ट पार्टीमा प्रवेश गरेको नवप्रवेशीहरुको भनाइ रहेको छ । जनताका समस्या, पीरमर्काको सुनुवाइ र त्यसको समाधान गर्न काँग्रेस गम्भीर नबनेको नवप्रवेशीहरुको आरोप रहेको छ ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP