Listen Live

कर्णाली प्रदेशलाई विश्वकै नमुना बनाउँछौंः मुख्यमन्त्री

कर्णाली प्रदेशलाई विश्वकै नमुना बनाउँछौंः मुख्यमन्त्री
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई विश्वकै नमुना बनाउने गरि काम भइरहेको बताएका छन् । जिल्ला क्रिकेट संघ रुकुमले रुकुम पश्चिमको चौरजहारीमा आयोजना गरेको कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । प्रचुर सम्भावना हुँदाहुँदै पनि कर्णाली प्रदेश विकासमा पछाडि परेको अवस्थामा समृद्धिका लागि प्रदेश सरकार योजनाका साथ अगाडि बढिरहेको उनको भनाइ छ । ‘कर्णालीमा विकासको कति सम्भावना छ भनेर सबैलाई थाहा नै छ, उनले भने यहाँको सम्भावनालाई उपयोग गर्दै कर्णालीलाई विश्वकै नमुना बनाउँनका लागि हामी लागि परेका छौं ।’ यसै अनुसार बजेट तथा योजना निर्माण भइरहेको पनि उनले जानकारी गराए । साथै उनले नेपालको भाषा अनि संस्कृतिको इतिहास कर्णालीसँग जोडिएको बताए । 
सरकार सरकार विचमा द्धन्द सृजना हुनुहुदैन 
कार्यक्रममा उनले सरकार सरकार विचमा द्धन्द सृजना गर्ने काम हुन नहुने पनि बताए । स्थानीय, प्रदेश र संघीय सरकार विचमा समन्वय हुन नसकेका सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा नहुने उनले बताएका छन् । के के काम कुन कुन सरकारले गर्ने हो भनेर निश्चित भएमा विकास गर्न सहज हुने उनको भनाई छ । ‘स्थानीय, प्रदेश र संघीय सरकारले के गर्ने भनेर निश्चित हुन जरुरी छ, उनले भने–कसले के गर्ने भनेर पुर्ण रुपमा निश्चित हुन नसकेकाले पनि सरकार सरकारका विचमा द्धन्द्ध सृजना भैरहेको छ ।’ 
खेललाई आर्थिक समृद्धिसँग जोडौं
मुख्यमन्त्री शाहीले खेललाई आर्थिक समृद्धि सँग जोड्नुपर्नेमा जोड दिएका छन् । खेल, स्वास्थ्य, मनोञ्जन र प्रतिस्पर्धाका लागि मात्र नभई आर्थिक विकासको समेत आधार रहेको बताए । खेललाई आर्थिक विकासका लागि प्रयोग गर्नुपर्नेमा उनको जोड छ । भूगोल, हावापानी र वातावरणका आधारमा नयाँ नयाँ खेलको विकास गर्दै अगाडि बढ्न सके त्यसले आर्थिक विकासमा टेवा पुर्याउने उनले बताए । साथै उनले निजी क्षेत्रबाट हुने खेलकुदका कार्यक्रममा सहकार्य गर्न सरकार तयार रहेको समेत बताए ।

Program Archive

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP