Listen Live

मापदण्ड विपरीतका संरचना हटाउन चौरजहारी नगरपालिकाले दियो सात दिने म्याद

 ०३ पुस २०७५, न्यूज डेस्क
 रुकुम पश्चिमको चौरजहारी नगरपालिका कार्यालयले नगरपालिकाका मुख्य सडक खण्डहरुमा मापदण्ड विपरीत निमार्ण गरिएका घर तथा टहराका संरचना हटाउन आग्रह गरेको छ । सडक विस्तार तथा स्तरोन्नती, सवारी आवागमन लगायतमा समस्या भएको भन्दै नगरपालिका कार्यालयले घर तथा टहराका संरचना हटाउन आग्रह गरेको हो ।
     नगरपालिका कार्यालयले सूचना जारी गरि एकहप्ता भित्र मापदण्ड विपरीत बनाइएका घर तथा टहारा हटाउन भनेको छ । चौरजहारी – मेलैनाउली – नार्जी – चौफा – नुवाकोट सडक खण्डको ११ मिटर वरिपरि संरचना निमार्ण गर्न पाइने छैन । निमार्ण गरिएका संरचना पनि  सात दिन भित्र हटाउन नगरपालिका कार्यालयले आग्रह गरेको छ । त्यसैगरी मेलैनाउली – कोटजहारी – न्यालीबजार र चिप्लेटी – कटुजेखोला सडक खण्डमा पनि संरचना निमार्ण गर्न नपाइने र मापदण्ड विपरित  बनाइएका संरचना हटाउनुपर्ने बताइएको छ ।
      सात दिनभित्र मापदण्ड विपरीतका घरटहरा हटाउन अटेरी गरे नगरपालिकाले नै हटाउने र हटाउन लाग्ने खर्च समेत घरधनीले तिर्नुपर्ने नगरपालिका कार्यालयले चेतावनी समेत दिएको छ । घर तथा टहराका कारण सडक विस्तारको क्षेत्रफल नपुग्दा सडक विस्तारको कामले गति पाउन सकेको छैन । बाटो साँघुरो हुँदा सवारी आवागमनका समस्या हुनका साथै दुर्घटनाको जोखिम समेत बढेको छ । मापदण्ड विपरीतका घर तथा टहरा हटाएपछि सडक विस्तार तथा ग्रेवेलिङ्को काम अघि बढ्ने बताइएको छ ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP