Listen Live

विदेश गएर फर्केका युवाले सञ्चालन गरे आधुनिक घट्ट र मिल

०३ पुस, २०७५ गोपालसिँ खड्का/ रुकुम पश्चिम        
रुकुम पश्चिमको चौरजहारी  नगरपालिका १४  तिमिले चौराहामा विदेशबाट फर्केर स्थानीय नरेन्द्रकुमार बिष्टले  आधुनिक घट्ट र मिल सञ्चालनमा ल्याउनु भएको छ । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले सानो उद्योगका रुपमा आधुनिक घट्ट र मिल सञ्चालनमा ल्याएको विष्टले बताउनुभयो । तीन लाख पाँच हजार बराबरको लगानीमा घट्ट र मिल सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । 
     मिल स्थापना भएपछि खाद्यन्न तथा तेलहन बाली पिध्नका स्थानीय वासीलाई सजिलो भएको छ । मकै गँहु जौ लगाएतका खाद्यबाली पिस्न र तोरी सर्सु तिल चिउरी लगाएत तेलहन बस्तु पेल्न सकिने छ । लेकको बस्ती भएका कारण यसअघि दुई देखि तीन घण्टाको पैदल हिडेर सानीभेरीको अधेरी या चौरजहारीको मुलखोला पुग्नुपर्ने बाध्यता रहेको थियो ।  आफ्नै घर आँगनमा घट्ट मिल चलेपछि दुखको दिन अन्त्य भएको स्थानीय अहिभान खड्काले बताउनुभयो ।
        चौरजहारी नगरपालिकाले गाउँसम्म सडक विस्तार गर्नुका साथै पम्पबाट खानेपानीको समेत सुविधा पुर्याएको छ । गाउँमा घट्ट र मिल सञ्चालनमा आएपछि स्थानीयले थप विकास र सुविधाको अनुभूति गरेका छन् । विकाससँगै सुविधा विस्तार भएकोले अब उत्पादनमा पनि जोडदिनुपर्ने स्थानीय बुद्धिजीविहरु बताउछन् ।  अदुवा केरा सुन्तला जस्ता फलफुल खेती र तोरी आलु भाजी जस्ता तरकारी तथा नगदेबालीको उचित सम्भावना रहेको छ । झुल्नेटा नुवाकोट तिमीले हुँदै कोटजहारी चिप्लेटी सडकमा  विद्युत विस्तार गरिदिनु नगरपालिका समक्ष स्थानीय माग समेत गरेका छन् । विद्युतबाट पानी तान्न र मिल तथा घट्ट चलाउन सस्तो लागत र भरपर्दो हुने स्थानीयको भनाइ छ ।  तिमिले, बन्चरे, भालुगोरे, डलसिङ्गे, कुमाख, सानीभेरी गाउँपालिकाको चिन्त,ु झारपोखरी लगायतका सर्वसाधारणहरु घट्ट  पिस्न र पेल्नका लागि आउने गरेका छन् ।

Program Archive

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP