Listen Live

चौरजहारी अस्पताललाई जापानी राजदूतावासको ९६ लाख सहयोग

चौरजहारी अस्पताललाई जापानी राजदूतावासको ९६ लाख सहयोग
२८ मंसिर, २०७५ , न्यूज डेस्क
रुकुम (पश्चिम) को चौरजहारीमा सञ्चालित चौरजहारी अस्पताललाई नेपाल स्थित जापानी राजदूतावासले ९६ लाखको आर्थिक सहयोग गर्ने भएको छ । मानव विवकास तथा सामुदायिक सेवाद्धारा सञ्चालित अस्पतालको आकस्मिक कक्ष भवन निमार्णका लागि राजदुतावासले आर्थिक सहयोग गर्ने भएको हो । सहयोग रकमको सम्झौता पत्रमा शुक्रबार एक समारोहका बिच जापानी राजदूत महामहिम मासामिची साइगो तथा मानव विकास तथा सामुदायिक सेवाका अध्यक्ष मिलनकुमार अधिकारीले सयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ । अस्पतालका कार्यकारी निर्देशक कपिल शर्माले एकसाथ १० जना बिरामी उपचार क्षमताको आकस्मिक कक्ष भवन निमार्ण गरिने बताउनुभयो । भवनका अतिरिक्त सुविधायुक्त कोठाहरु समेत थप गरिने उहाँको भनाइ छ ।  एक वर्षभित्र निर्माणको काम सम्पन्न गर्ने योजनाका साथ अब छिटै काम सुरु गरिने बताइएको छ । 
आकस्मिक कक्ष भवनको अभावमा धेरै बिरामीलाई एकैपटक उपचार गर्न समस्या भएकोमा अब त्यसको अन्त्य हुने अस्पतालका  डाक्टर कालेब बुढाले बताउनुभयो ।  'एकैपटक आकस्मिक कक्षमा धेरै बिरामीको उपचार गर्नुपर्दा समस्या हुन्थ्यो उहाँले भन्नुभयो आकस्मिक कक्ष भवन निमार्ण भएपछि तत्काल उपचार गर्नुपर्ने बिरामीहरुलाई सहज रुपमा सेवा दिन सकिन्छ' ।
२३ वर्षदेखि चौरजहारी अस्पतालले रुकुम (पश्चिम), सल्यान, जाजरकोट र डोल्पा जिल्लाका  समेत बिरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पताल प्रशासनका अनुसार विभिन्न रोगको उपचारका लागि दैनिक दुई हजार देखि तीन हजारसम्म बिरामी अस्पतालमा आउने गरेका छन् ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP