Listen Live

चौरजहारी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जनचेतनामूलक सडक नाटक प्रर्दशन गरी सम्पन्न गरिएको छ ।  जनचेतनामार्फत लैङ्गिक हिंसा न्यूनीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले अभियानको अवसरमा सबै वडामा सडक नाटक प्रदर्शन गरिएको हो । वडा नम्बर १४ बाट सुरु गरिएको नाटक अन्तिम दिन वडा नम्बर २ को शीतल माविमा प्रर्दशन गरिएको थियो । महिला हिंसा, घरेलु मदिराको असर, बालविवाह आदि सवालमा नाटक प्रस्तुत गरिएको नाटक टोलीका निर्देशक एल.बी. कटुवालले जानकारी दिनुभयो । नगरपालिकाका प्रत्येक वडामा सडक नाटक देखायौं निर्देशक कटुवालले भन्नुभयो आवश्यकताअनुसार कतिपय वडामा दुई ठाउँमा समेत नाटक प्रर्दशन गरेका छौं । 
चेतनामा नबदलिएसम्म  सभ्य समाज निमार्ण हुन नसक्ने निष्कर्ष सहित जनचेतनामूलक लैङ्गिक हिंसा विरुद्धको अभियानमा सडक नाटक प्रर्दशन गरिएको चौरजहारी नगरपालिका उपप्रमुख राधा रोकायले बताउनु भयो । मदिरा, बालविवाह, महिला हिंसा र घरेलु हिंसा समाजमा समस्यामा रुपमा रहेको छ उपप्रुमख रोकायले भन्नुभयो त्यसको न्यूनीकरणका लागि सबै सचेत हुन आवश्यक रहेको छ । जनचेतनामूलक नाटकले समाजका विद्यमान विकृति अन्त्य गर्नमा टेवा पुर्याउने कुरामा उहाँको विश्वास छ । न्यायिक समितिमा पनि बालविवाह, मदिरा सेवन, घरेलु महिला हिंसाका घटनाहरु आउने गरेका छन् । मदिरा, बालविवाह, घरेलु हिंसा लगायतका विकृतिजन्य समस्याहरु न्यूनीकरणका लागि नगरपालिका कडा रुपमा प्रस्तुत भएको  छ उपप्रमुख रोकायले बताउनु  भयो । शान्त, सभ्य र समुन्त समाज निमार्णको अभियानमा छौं उहाँले भन्नुभयो हिंसाजन्य व्रिmयाकलाप रोक्न सबैले हातेमालो गरौं । लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको थियो ।

Program Archive

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP