Listen Live

कर्णाली प्रदेशको मोडेल हस्पिटल वनाईने ःमन्त्री प्रकास ज्वाला

कर्णाली प्रदेशको मोडेल हस्पिटल वनाईने ःमन्त्री प्रकास ज्वाला
११ वैशाख २०७६
गोपाल रेग्मी रुकुम
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकास ज्वालाले रुकुम पश्चिमको चौरजहारीमा अवस्थित चौरजहारी अस्पताल प्रदेशको मोडेल हस्पिटलको रुपमा विकास गरीने वताउनु भएको छ ।
मानव विकास तथा सामुदायिक सेवा द्धारा संचालित अस्पतालको नवनिर्मित मातृ तथा शिशु वार्ड भवनको उदघाटन समारोहमा वोल्दै ज्वालाले यस्तो वताउनु भएको हो ।
२ दशक देखि रुकुम सल्यान जाजरकोट लगाएत जिल्लाका विरामीहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न सक्षम  अस्पताललाई प्रदेशको मोडेल हस्पिटलको रुपमा विकास गर्न प्रदेश सरकारले आवाश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
डिएचएम जर्मनको आर्थिक सहयोगमा रु ३ करोड ३८ लाख वरावरको लगानीमा अत्याधुनिक भुकम्प प्रतिरोधात्मक  भवनको उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री ज्वालाले स्वास्थ्य क्षेत्रमा अस्पतालले पुरयाएको योगदानको प्रसंसा गर्नु भयो ।
४० वेड क्षमता रहेको उक्त नयाँ भवनमा प्रसुती आमाहरु र नवजात शिशुलाई राखिने छ ।
आमा तथा शिशुको स्याहार गर्भवती हुन आउने महिलाहरुलाई उपचार लिन नयाँ भवन वाट सहज हुने मानव विकास तथा सामुदायिक सेवाका कार्यकारी निर्देशक कपिल जैसीले जानकारी दिनुभयो ।
वढदो विरामीहरुको चापलाई ध्यानमा राखेर ५० सैयाको चौरजहारी अस्पताललाई ३ सय सैयामा विस्तार गरिने संस्थाको लक्ष्य रहेको निर्देशक शर्माले वताउनु  भयो ।
अस्पतालमा दैनिक २ सय ५० देखि ३ सय जना सम्म विरामीहरु आउने गरेका छन । हाल अस्पतालमा वाल रोग विशेषज्ञ हाडजोर्नी विशेषज्ञ एमडिजिपी र एम. विविएस डाक्टरहरु रहेका छन ।
उदघाटन समारोह कार्यक्रममा प्रदेश संसद गोपाल शर्मा अनल,संसद रातो कामी ,देवी ओली,जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा, नगर प्रमुख विशाल शर्मा संस्थाका संस्थापक एवम पुर्व निर्देशक डा.तीर्थ थापा र डिएचएम जर्मनीका स्थापक एवम निर्देशकहरुकोे आतिथ्यता रहेको थियो ।  

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP