Listen Live

ईन्टरनेटले काम नगर्दा लक्ष्मी बैंक सेवा प्रभावित

बैशाख १०, २०७६ / सल्यान

पश्चिम बनगाड कुपिण्डे नगरपालिका केन्द्र सल्लीबजारमा ईन्टरनेटले काम नगर्दा सल्लीबजारमा रहेको लक्ष्मी बैंकको सेवा प्रभावित भएको छ । बिगत लामो समय देखि इन्टरनेटले काम नगर्दा सेवा ग्राहिलाइ छिटोछरितो सेवा दिन नसकिएको लक्ष्मी बैंक सल्लीबजारका कर्मचारी निर्मल महरले जानकारी दिनु भएको छ । त्यस क्षेत्रमा जोडिएको वर्ड लिङ्क, एडि एस एल, एभरेस्ट र सुविसु लगाएतका नेटले काम गर्न छाडेका छ्न । काम नगर्दा सेवा ग्राही दिनदिनै फर्किने गरेका छन ।

वाइरलेस नेटवर्क हुदा हावा हुरि लागेको वेला तारहरु चुडिएर जाने हुनाले अधिकास समय नेटको समस्या हुने बताएका छन भने कहिले काहीँ नेटवर्कले नै काम गर्न छाड्ने र दैनिक १/२ सय सेवा ग्राहकलाई फर्काउनु पर्ने बताएका छन वाइरलेसको सट्टा फाइवरवाला नेटवर्क आवश्यकता भएको पनि बताउनु भएको छ । नेटवर्कले अहिलेको क्षमता ५११ केबि भएको र यसको क्षमता बिस्तार गरि १ एमबी बनाउनु पर्ने व्यापारी गोबिन्द बिसिले बताएका छन । यश क्षेत्रमा नेटवर्कले काम नगर्दा बनगाड कुपिण्डे नगरपालिका कार्यालय , लक्ष्मी बैंक र बजारमा व्यापारीहरुले जोडिएका ईन्टरनेटले समस्या देखिएको छ ।

१ महिना देखि एनसेलले नेटवर्कले राम्रो सङ्ग काम नगर्दा सेवा ग्राहीहरु मारमा परेका छन पछिल्लो समयमा एलसेलले दुख दिएको छ । नेटवर्क देखाउने, कनेक्ट हुने तर कुरा नवुझिने, अट्केर आवाज आउने, नेटमा समस्या लगाएत हुने गरेको छ । सेवा सुधार तर्फ भन्दा दिन प्रतिदिन एनसेलको नेटवर्कमा समस्या थपिदै छ । यस क्षेत्रको सल्यान पश्चिम र सुर्खेतको उत्तर पुर्वि क्षेत्रमा एलसेलको नेटवर्कमा समस्या देखिएको छ ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP