Listen Live

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

निशुल्क स्वास्थ्य शिविर सम्पन्न
३ चैत्र २०७६
आफनो एफ.एम .न्यज डेस्क
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न. ११ मा संचालन गरिएको १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
चौरजहारी नगरपालिका नगर स्वास्थ्य शाखाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिबिरमा ३ सय ५ जना स्थानिय वासीले स्वास्थ्य परिक्षण उपचार तथा परामर्श सेवा लिएका छन ।
शिविर वडा नम्वर १० देखि १४ नम्वर वडाका स्थानियको स्वास्थ्य परिक्षण उपचार तथा परामर्श सेवा दिने उद्देश्यले आयोजना गरिएको संयोजक अकविर घर्तिले जानकारी दिनुभयो ।
 निशुल्क स्वास्थ्य शिबिरमा ७१ जना पुरुष, र २२९ जना महिलाले स्वास्थ्य परिक्षण उपचार तथा परामर्श सेवा लिएका छन ।  
 शिबिरमा ३० जना व्यक्तिहरुकोे रगत, समुह र पिसाव पनि जाँच गरेको थियो ।  नगरपालिकाले नगरका विभिन्न गाउँ टोल तथा वडा स्तरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नको लागी प्रत्येक वर्ष  निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आईरहेको छ ।  
उक्त शिविरमा जिल्ला अस्पताल जाजरकोटका डाक्टर  केशरजंग कार्की डाक्टर अउसर सिंह राठोर  र चौरजहारी अस्पताल रुकमका डाक्टर आषिस महर्जन लगाएत १५ जना स्वास्थ्यकर्मिहरुको टोली  खटेको नगर स्वास्थ्य शाखा सह संयोजक डण्ड प्रसाद शर्माले वताउनुभयो ।  
स्वास्थ्य शिविरमा विशेष गरी महिलाहरुको तल्लो पेट दुख्ने , दम, ग्यास्टाईटिस ,ज्वरो, लुतो,छालाचिलाउने ,नाक कान घाँटी जस्ता समस्या भएका विरामीहरुले स्वास्थ्य शिविर वाट लाभ लिएका छन ।
शिबिरको उप मेयर राधा रोका र वडा नं ११ का वडा अध्यक्ष मनमोहन शाहले आफ्नो स्वास्थ्य चेकजाँज गरेर उद्घाटन गरेका थिए । नगरपालिका यसअघि नगरका  विभिन्न ठाउँमा ३ वटा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP