Listen Live

पुर्व सामान्य प्रशाशन मन्त्री टेक वहादुर वस्नेत द्धारा सडक उदघाटन

पुर्व सामान्य प्रशाशन मन्त्री टेक वहादुर वस्नेत द्धारा सडक उदघाटन

चैत्र २४ सल्यान  ईन्द्र वुढा
। बनगाड कुपिण्डे नगरपालिका वडा न ५ बिकट टोल लाखर कफलेनी  र कुमाख गाउपालिकाको वडा न २ डाडाकटेरि हुदै आएको चिनाली तिमिले लाखार गर्चे सडक पुर्व सामान्य प्रशासन मन्त्री तथा सल्यानका प्रतिनिधि सभा सदस्य टेकबहादुर बस्नेतले बनगाड कुपिण्डे नगरपालिका वडा न ५ कफलेनिमा रिवन काटेर उद्घाटन गर्नु भएको छ ।

सल्यान रुकुम यातायात समितिको बसमा   पुर्व मन्त्री, नगर प्रमुख, उप प्रमुख, उपाध्यक्ष अन्य अतिथि लगाएत स्थानीय यात्रा गरि सडक उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले आफुले विकासको लागी सधै लागिरहेको बताएका छन ।

विकास निर्माणले अब गति लिएको समेत बताएका छन ।  बगानड कुपिण्डे नगरपालिका नगर प्रमुखले अब छिटै विकासबाट पछाडि परेका जनतालाई विकास भएको अनुभुती दिने गरि काम गर्ने र सितलनेटा  खारा स्याला सम्म ३७ किलोमीटर सडकको ट्याक खोलि सकेको र बाकी रहेको स्याला मैनेनी लाखार कफलेनी सम्मको ३५ किलोमीटर दुरि रहेको सडक यो वर्ष नै ट्याक खोलेर सडक सन्जालन र नगर बाट टाढा रहेका जनतालाई सडक सन्जाल सङ्गै विकास निर्माणमा नगरपालिका सङ्ग जोडने र असार पुन सडक उद्घाटन गर्ने गरि काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

नगर उप प्रमुख मन्जु नगर, कुमाख गाउपालिका उपाध्यक्ष डिल्लीराज जैसीले आफुहरुको गाउपालिका सङ्ग सिमान जोडिएको सडकलाइ जसरी पनि अब स्तर वृद्धि तिर जोड दिनेर विकासमा सधै हातेमालो गरेर लग्ने बताएका छन । चिनाली तिमिले लाखर सडक उपभोक्ता समितिका अध्यक्ष पुर्ण ब शाहिले स्थानीय पुर्वधार विकास साझेदारीको १५ लाख बराबरको सामाजिक लेखापरीक्षण गरेका छन ।

चिनाली देखी ९ किलोमीटर सडक जम्मा ५७ लाख बराबर लागतमा निर्माण भएको बताएको छ । त्यस क्षेत्रमा हजारौं जनताले अब शिधै सदरमुकाम खलंगा सडक सन्जालले जोडिएका छन ।  गाडि उद्घाटन भए सङ्गै त्यस क्षेत्रका जनता खुसी भएका छन । कार्यक्रममाको अध्यक्षता बनगाड कुपिण्डे नगरपालिका ५ न वडा अध्यक्ष कमल बिकले गरेका थिए । अध्यक्ष बिकले यस वर्ष सडक र अर्को वर्ष खानेपानी,स्वास्थ, शिक्षा क्षेत्रमा विकास गर्ने जनाएका छन सन्चालन शिक्षक हिरालाल रानाले गरेका थिए ।

Program Archive

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP