Listen Live

कर्णाली प्रदेश स्तरिय सांस्कृतिक सम्मेलन सुरु

कर्णाली प्रदेश स्तरिय सांस्कृतिक सम्मेलन सुरु
२५ चैत्र २०७५
गोपाल रेग्मी
रुकुम पश्चिमको मुसिकोटमा पहिलो पटक कर्णाली प्रदेश स्तरिय बृहत सांस्कृतिक सम्मेलन  सुरु भएको छ ।
कर्णाली प्रदेशका लोपउन्मुख कला, संस्कृति, भेषभुषा तथा बाजागाजाको संरक्षण एवं प्रर्बद्धन गर्ने  उद्धेश्यले आयोजना गरिएको बृहत सांस्कृतिक सम्मेलनको आईतवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको हो ।

सांस्कृतिक सम्मेलनको मुख्यमन्त्री शाही लगाएत पुर्वमन्त्री जनार्दन शर्मा, राष्ट्रिय सभाका सदस्य ठगेन्द्र प्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्यायी समिती सदस्य मनी थापा, कर्णाली प्रदेशका आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वाला, कृषिमन्त्री बिमला के।सी,जनवादी गायक जिवन शर्मा लगाएत राष्ट्रिय तथा स्थानीय कलाकारहरु सहित सामुहिक नाच नाचेर कार्यक्रम उद्घाटन गरिएको थियो ।

रुकुम पश्चिममा रहेका मौलिक संस्कृतिको संरक्षण गर्ने, कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन टेवा पुर्याउने, स्थानीय उत्पादित बस्तुलाई बजारीकरण गर्ने लगाएतका उद्देश्य राखेर बृहत सांस्कृतिक महोत्सव आयोजना गरिएको जिल्ला  समन्वय समिती रुकुम पश्चिमले जनाएको छ ।
पहिलो पटक आयोजना गरीएको कर्णाली प्रदेश स्तरको बृहत सांस्कृतिक सम्मेलनले कर्णाली प्रदेशको सस्कृतिको प्रचार प्रसार र प्रर्बद्धन गर्ने बिश्वास गरिएको छ । कर्णाली प्रदेशका १० वटै जिल्ला र प्रदेश नं ५ अन्र्तगत रुकुम पुर्व जिल्लाबाट पनि समन्वय समिती प्रमुखको नेतृत्वको टोलीले सांस्कृतिक सम्मेलनमा भाग लिएको छ ।

यसै गरी जिल्लामा रहेका बिभिन्न ऐतिहासिक क्षेत्रलाई पर्यटकिय नगरीको रुपमा विकास गर्ने र सांस्कृतिक संग्रालय बनाइने रुकुम पश्चिम जिल्ला समन्वय समिती प्रमुख राजकुमार शर्माले बताउनुभयो ।

सांस्कृतिक सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीका साथै सहभागी मन्त्रीहरु,सांसद, स्थानीय तह जनप्रतिनिधिहरु तथा स्थानीयहरु आफ्नो मौलिक भेषभुषामा सजिएका थिए ।
आईतबारबाट सुरु भएको सम्मेलन २६ गतेसम्म संचालन हुने छ । सम्मेलनमा स्थानिय झाकी मयुर नाच सिंगारु नाच टप्पा नाच पैसारु नाच प्रर्दशन गरीने वताईएको छ ।

Program Archive

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP