Listen Live

खानेपानी आपुर्तिको काम अन्तिम चरणमा

खानेपानी आपुर्तिको काम अन्तिम चरणमा
आफनो एफ.एम न्युज डेस्क
१६ चैत्र २०७५
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ९ मा निर्माणाधिन खानेपानी आयोजनाकोे काम अन्तिम चरणमा पुगेको छ ।
वडाको विकट वस्तिको रुपमा लिईने न्याउली वजार र ओखरवारीका स्थानियवासीहरुले वर्षाै देखि भोग्दै आईरहेको खानेपानीको समस्यालाई ध्यानमा राखी उक्त आयोजना सुरु गरीएको थियो ।
चौरजहारी नगरपालिकाको आर्थिक सहयोगमा आव २०७४÷७५ मा लिफट सिस्टमको माध्याम वाट खानेपानी निर्माणको काम सुरु गरीएको वडा अध्यक्ष महेश स्वर्णकारले जानकारी दिनुभयो ।
करिव ४० लाख वरावरको रकम वाट निर्माणधिन उक्त खानेपानी योजना सम्पन्न भएपश्च्यात त्यसक्षेत्रका ५० घरधुरी  खानेपानी सुविधा वाट लाभान्वित हुने अध्यक्ष स्वर्णकारले वताउनुभयो ।
दैनिक १  घण्टाको पैदल दुरी वाट खानेपानी ओसार्दै आएका यस समुदायका व्यक्तिहरुले निर्माण कार्यमा देखाएको सक्रियताले काम अन्तिम चरणमा पुगेको ईन्जिनियर उज्वल गिरीले जानकारी दिनुभयो ।
करिव ६ सय मिटरको दुरी वाट खानेपानी आपुर्ति गरीने छ । १६ घनामिटरको टयांकीमा पानी स्टोर गरी खानेपानी वितरण गरीने वताईएको छ ।
हाल पाईपलाईन विछयाउने काम तिव्रगतिमा भईरहेको र अवको १ साता भित्र काम सम्पन्न भएपछि खानेपानी आपुर्ति गरीने वडाअध्यक्ष स्वर्णकारले जानकारी दिनुभयो ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP