Listen Live

नयाँ शैक्षिक सत्रदेखि कपी पेन्सिल तथा पोषाक वितरण गर्ने ःनगर प्रमुख शर्मा

नयाँ शैक्षिक सत्रदेखि कपी पेन्सिल तथा पोषाक वितरण गर्ने ःनगर प्रमुख शर्मा


१६ चैत्र २०७५
आफनो एफ. एम न्युज डेस्क
शिक्षा क्षेत्रमा सवैभन्दा वढी लगानी गर्ने लक्ष्य लिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले यस वर्षको नयाँ शैक्षिक शत्र देखि विद्यार्थीहरुलाई कपी पेन्सिल तथा पोषाक वितरण गर्ने नगर प्रमुख विशाल शर्माले वताउनुभएको छ ।
कक्षा १ देखि कक्षा ५ सम्मका करिव ४ हजार विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक सिकाई क्रियाकलापमा सहयोग पुगोस भन्ने उद्देश्यले कपी पेन्सिल तथा पोषाक वितरण गर्न लागीएको नगर प्रमुख शर्माले जानकारी दिनुभयो ।
नगरपालिका भित्रका आधारभुत तहमा अध्ययनरत कतिपय विद्यार्थीका अविभावकहरुले कपी पेन्सील तथा पोषाक  समेत किन्न नसक्ने अवस्थाले गर्दा वालवालिकहरुले कक्षा छोडन थालेको गुनासो आए संग नगरपालिकाले कपी पेन्सिल तथा पोषाक वितरण गर्ने योजना वनाएको प्रमुख शर्माले वताउनुभयो ।
मालिका आधारभुत विद्यालय अम्लाटाकुराले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी  शिक्षक विद्यार्थी तथा अविभावकहरुलाई संवोधन गर्दै शर्माले यस्तो जानकारी दिनुभएको हो । चौरजहारी नगरपालिकाको सवैभन्दा उच्च स्थानमा रहेको धार्मिक एवम पर्यटकिय क्षेत्र मालिकामा आयोजित  कार्यक्रममा नगर प्रमुख शर्माले एक फरक प्रसंगमा मालिकालाई व्यवस्थित गर्नको लागी आफु लागि परेको वताउनुभयो ।
यस क्षेत्रको विकास र मालिकालाई धार्मिक एवम पर्यटकिय क्षेत्र निर्माणको लागी ईन्जिनियरिगंको काम अगाडी वढाएर मालिकालाई व्यवस्थित गरीने समेत उहाँको भनाई छ ।
कार्यक्रममा वढा नं ४ का वडा अध्यक्ष गोपाल भण्डारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्र वहादुर वुढा शीलत माध्यामिक विद्यालयका प्राचार्य गणेश प्रसाद रिजाल प्रधानअध्यापक नन्दलाल शर्मा पत्रकार ज्ञानु गौतक लगाएतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP