Listen Live

भेरी नदि सलल लोकदोहरी गीत विमोचन

भेरी नदि सलल लोकदोहरी गीत विमोचन


९ फाल्गुन २०७५
एफ.एम.न्युज डेस्क
रुकुम पश्चिमको चौरजहारीमा आज एक कार्यक्रमका विच भेरी नदि सलल वोलको लोकदोहरी गीत विमोचन गरीएको छ । गायक विरेन्द्र सोनी र शान्तिश्री परियारको आवाज रहेको उक्त गीतको विमोचन चौरजहारी नगरपालिका उप प्रमुख राधा रोकाले गर्नुभएको हो ।

गीत विमोचन पछि द चौरजहारी होटेलको सभाहलमा आयोजित कार्यक्रममा वोल्दै उप प्रमुख रोकाले गीतले स्थानिय कला संस्कतिलाई समेटको भन्दै गायक गायिकलाई वधाई तथा शुभकाना व्यक्त गर्नुभयो ।

गायक दोय विरेन्द्र सोनी शान्तिश्री परियार र शव्द संगीत आयुष विसीले गीतमा यस क्षेत्रको कला संस्कृतिको संरक्षण तथा भेरी नदिको चर्चा गरेर पर्यटन प्रर्वद्धनमा टेवा पुरयाउने विश्वास आफुले लिएको भन्दै प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा चौरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम गहतराज वरिष्ठ उपाअध्यक्ष यदुकुमार आचार्य लगाएतका अतिथीहरुले उक्त गीतको प्रसंसा गर्नुभएको थियो ।

चौरजहारी नगरपालिकाको सेरोफेरोलाई समेटेर गाईएको अडियो गीतको छिटटै भिडियो छायांकन पनि गरीने गायक विरेन्द्र सानीले जानकारी दिनुभयो । नेपाल लोकदोहरी प्रतिस्ठान कर्णाली प्रदेस सदस्य एलवी कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सरस्वती एडभान्स विद्यालय चौरजहारीका  प्रशाशक गोपाल लामिछानेले गर्नुभएको थियो ।

Program Archive

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP