Listen Live

आँखा शिविर सुरु ४ सय ७१ जानको नाम दर्ता १५ जनाको शल्यक्रिया

आँखा शिविर सुरु ४ सय ७१ जानको नाम दर्ता १५ जनाको शल्यक्रिया

९ फाल्गुन २०७५
एफ.एम.न्युज डेस्क
रुकुम पश्चिमको चौरजहारी अस्पतालमा आज देखि निशुल्क आँखा शिविर सुरु भएको छ ।

राप्ती आँखा अस्पताल रक्षाचौर दांगको प्राविधिक सहयोग र चौरजहारी अस्पताल रुकुम पश्चिमको आयोजनामा २ दिने शल्यक्रिया शिविर संचालन गरीएको हो । शिविरमा आँखा परिक्षण उपचार तथा मोतिविन्दु सम्वन्धि समस्या भएका विरामीहरको शल्यक्रिया भैरहेको छ ।

रुकुम सल्यान र जाजरकोट जिल्लाका आँखा सम्वन्धि समस्या भएका विरामीहरुलाई लक्षित गरी शिविर संचालन गरीएको आयोजकले जानकारी दिएको छ ।  अहिले सम्म शिविरमा ४ सय ७१ जनाले नाम दर्ता गराएका छन भने १५ जना विरामीको शल्यक्रिया गरीएको छ ।

शिविरमा डाक्टर शुरेस रसाईली को नेतृत्वमा १४ जना स्वास्थ्यकर्मिको टोली खटेको छ । शिविर भोली सम्म चल्ने छ ।

Program Archive

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP