Listen Live

विद्यार्थी नेताको रिहाईका लागी १ दिने शैक्षिक हडताल

विद्यार्थी नेताको रिहाईका लागी १ दिने शैक्षिक हडताल  
२ चैत्र २०७५
एफं .एम
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )जिल्ला समिति रुकुमले आफना विद्यार्थी नेताहरुको रिहाईको माग गर्दै रुकुम पश्चिममा १ दिने शैक्षिक आम हडताल गर्ने भएको छ । विद्यार्थी युनियनले एक प्रेस विज्ञप्ती जारी गर्दै शैक्षिक क्षेत्र भित्रका विकृति र विसंगती विरुद्ध नेपाली विद्यार्थीहरुका हकअधिकारको पक्षमा स्थापना काल देखि प्रतिपक्षिय विद्यार्थी आन्दोलन गरीरहेको युनियनका विद्यार्थी नेताहरुलाई प्रहरीले हिरासतमा राखेको भन्दै शैक्षिक संस्था आम हडताल गरेको विप्तीमा जनाईएको छ । युनियनले चैत्र २ गते विद्यार्थी नेता गिरफतारिको विरुद्धमा प्रचार प्रसार मसाल जुलुस र चैत्र ३ गते जिल्लाका शैक्षिक संस्था आम हडताल गर्ने विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा उल्लेखित आन्दोलनका कार्यक्रम चैत्र १ र २ गते हुने ठाउँमा २ र ३ गते हुने युनियनका अध्यक्ष वस्नेतले जानकारी दिनुभयो । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुरेन्द्र वस्नेत द्धारा हस्ताक्षेरीत विज्ञप्तीको पुर्णपाठ ।

Program Archive

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP