Listen Live

के के खेलकुद प्रतियोगीता हुदैछन चौरजहारीमा

के के खेलकुद प्रतियोगीता हुदैछन चौरजहारीमा १९ फाल्गुन २०७५
आफनो एफ.एम न्युज डेस्क
नगरपालिकाको वडा नम्वर २ सेवाकेन्द्र स्थित रंगशालामा महिला तथा  पुरुष  भलिव, फुटवल, व्याटमिन्टन, वुद्धिचाल  हाईजम्प लंगजम्प, ट्रिपल जम्प लामो र छोटो दौड प्रतियोगीता संचालन हुने छन ।
रु ५ हजार दर्ता शुल्क रहेको पुरुष भलिवलमा प्रथम दितिय र सान्त्वना हुने समुहले क्रमस रु ६५ हजार ४७ हजार र २० हजार सहित कप मेडल र प्रमाण पत्र पाउने छन ।
महिला भलिवल तर्फ रु २ हजार ५ सय दर्ता शुल्क रहेकोमा पुरुस्कार राशी क्रमस प्रथम दितिय र तृतीय हुने समुहले ३४ हजार २० हजार १४ हजार सहित कप मेडल र प्रमाण पत्र पाउने छन ।
दर्ता शुल्क रु ५ हजार रहेको फुटवल प्रतियोगीतामा विजयी समुहले क्रमस ६५ हजार ४७ हजार र २० हजार सहित कप मेडल र प्रमाण पत्र पाउने छन ।
व्याटमिन्टन प्रतियोगीतामा दर्ता शुल्क रु १५ सय रहेकोमा पुरुस्कार राशी रु २० हजार १४ हजार र ८ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरीने खेलकुद प्रतियोगीताका संयोजक पवन शाहीले जानकारी दिनुभयो ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP