Listen Live

रंगशाला निर्माणको लागी ४७ करोड वजेट ः नगर प्रमुख शर्मा

रंगशाला निर्माणको लागी ४७ करोड वजेट ः नगर प्रमुख शर्मा २० फाल्गुन २०७५
आफनो एफ.एम न्युज डेस्क
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रंगशाला निर्माणको लागी ४७ करोड वजेट विनियोजन भएको नगर प्रमुख विशाल शर्माणले वताउनु भएको छ ।
आईतवार देखि चौरजहारीमा सुरुभएको दोस्रो मियर कप विविध खेलकुद प्रतियोगिता २०७५ को उदघाटन समारोहमा वोल्दै शर्माले यस्तो वताउनुभएको हो ।
कर्णाली प्रदेशको सुन्दर नगरी चौरजहारीमा रंगशाला निर्माणको लागी संघिय सरकार वाट रु ४५ करोड र प्रदेश सरकार वाट रु २ करोड गरी कुल ४७ करोड रकम विनियोजन भएको जानकारी दिनुभयो ।
 व्यवस्थित रंगशाला निर्माणको लागी म्यापिगं र डिजाईनिगंको काम भैरहेको वताउदै शर्माले आर्थिक वर्ष २०७६÷ ०७७ मा टेण्डर आह्वान गरी रंगशाला निर्माणको कामलाई तिव्रता दिईने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
खेलक्षेत्रले खेलाडीहरुमा विकास,अनुशाशन र गतिशिलाका साथै राष्ट्रको नाम विश्वसाम ुचिनाउन महत्वपुर्ण भुमिका खेलेको स्मरण गर्दै स्थानिय सरकारले त्यसकोलागी  करिव १० लाख वरावरको रकम लगानी गरी खेलकुद प्रतियोगीता आयोजना गरेको वताउनुभयो ।
उदघाटन समारोह कार्यक्रमका अध्यक्ष शर्माले १४ वटा वडा रहेको चौरजहारी नगरपालिकाको १४ वटै वडामा यथासिघ्र भुगोलको छनौट गरी खेलकुद मैदान निर्माण गर्ने नगरपालिकाले योजना वनाएको समेत जानकारी दिनुभयो ।

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP