Listen Live

दोस्रो मेयरकप उदघाटन

दोस्रो मेयरकप उदघाटन १९ फाल्गुन २०७५
आफनो एफ.एम न्युज डेस्क
.रुकुम पश्चिमको चौरजहारीमा आज दोस्रो मेयर कप २०७५ विविध खेलकुद प्रतियोगीता उदघाटन गरीएको छ ।
चौरजहारी नगरपालिका वडा नं २ मा उक्त प्रतियोगीताको उदघाटन जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्माले गर्नुभएको हो ।  
उदघाटन समारोहमा वोल्दै शर्माले खेल क्षेत्रको विकासको लागी आफुहरु लागी परेको वताउनुभयो ।  
खेलकुदको माध्याम वाट राष्ट्रलाई चिनाउनको लागी नेपाली खेलाडीहरुको भुमिका उल्लेखनिय रहेको भन्दै संयोजक शर्माले यो सरकारले खेलकुद क्षेत्रको विकास भौतिक पुर्वाधार निर्माणको लागी  संघ र प्रदेश सरकार संग आवाज  उठाईरहेको जानकारी दिनुभयो ।
उदघाटन समारोहका प्रमुख अतिथि शर्माले राज्यको सिमित साधन र स्रोतले गर्दा आज खेलाडीहरु हराई राखेको अवस्था रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो  ।  
त्यसो हुन नदिनको लागी  खेलाडीहरुलाई खेलकुदमा मात्रै आफनो जीवन जीउन सकुन भन्ने कुरामा सरकार लागी परेको उल्लेख गर्नुभयो ।
खेलकुद हार र जीतको लागी मात्र नभएर आफनो कला क्षमता प्रर्दशन गर्ने माध्यामको रुपमा आफुले लिएको भन्दै मियरकपमा सहभागी खेलाडीहरुलाई सफल्ताको शुभकामना व्यक्त गर्नुभएको थियो ।  
उदघाटन समारोहमा उप प्रमुख राधा रोका राष्ट्रिय खेलकुद परिषद प्रदेश उपाअध्यक्ष शितल माध्यामिक विद्यालयका प्राचार्य गणेश प्रसाद रिजाल, वडा अध्यक्ष धर्म वहादुर के.सी, लगाएतका वक्ताहरुले खेलकुद प्रतियोगीता सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP