Listen Live

वहुप्राविधिक शिक्षालय स्थापना

वहुप्राविधिक शिक्षालय स्थापना ८ फाल्नुन २०७५
गोपाल रेग्मी
रुकुम पश्चिमको चौरजहारीमा आज शहिद यज्ञश्वर वहु प्राविधिक शिक्षालय स्थापना गरीएको छ ।
चौरजहारी नगरपालिका वडा नं १ नरखोलीमा अवस्थित आधारभुत विद्यालयमा एक औपचारिक कार्यक्रमका विच प्राविधिक शिक्षालयको स्थापना गरीएको हो ।
नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव र पुर्व गृहमनत्री जनार्दन शर्मा प्रभाकरले वहुप्राविधिक शिक्षालयको उदघाटन गर्नुभएको हो ।
दुर्गम जिल्ला रुकुम सल्यान जाजरकोट डोल्पा लगाएतका विद्यार्थीहरुको प्राविधिक शिक्षा हाँसिल गर्नको लागी उनीहरुले भोग्नु परेको समस्यालाई ध्यानमा राखेर शिक्षालय स्थापना गरीएको मन्त्री यादवले वताउनुभयो ।
वेरोजगार युवा युवतीहरुका लागी व्यावसायिक सीप हाँसिल गरेर आत्मनिर्भर वनाउन प्राविधिक शिक्षा अहिलेको आवाश्यकता रहेको उहाँको भनाई छ ।
उदघाटन समारोहमा पुर्व गृह मन्त्री एवम नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले तत्काल व्यवासायीक शिक्षा सुरु गर्न सिटीईभिटी कर्णाली प्रदेशका प्रमुख भिमकान्त लामिछानेलाई  निर्देशन दिनुभयो ।
 तालिमको लागी वजेटको अभाव नरहेको भन्दै पुर्व मन्त्री शर्माले आवाश्यक म्यानपावर पर्ति गरेर काम सुरु गर्न निर्देशन दिनुभएको हो । वहु पविधिक शिक्षालयमा ईलेक्ट्रोनिक ,हावस वाईरिंग,गार्मेन्ट, फरेस्ट्री लगाएतका कोर्षहरु संचालन हुने वताईएको  छ ।  
कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पुर्वाधार मन्त्री खडक खत्री,संसद गोपाल शर्मा अनल,जिल्ला समन्वय समितिका सभापति राजकुमार शर्मा नगर प्रमुख विशाल शशर्मा लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP