Listen Live

स्वास्थ्य शिविर वाट १ सय १९ जनाले पाए सेवा

स्वास्थ्य शिविर वाट १ सय १९ जनाले  पाए सेवा २८ माघ २०७५ ए.एफ.एम डेस्क
रुकुम पश्चिमको चौरजहारीमा आयोजना गरीएको १ दिने निशुल्क स्वास्थ्य शिविर वाट १ सय १९ जनाले स्वास्थ्य परिक्षण उपचार तथा परामर्श सेवा लिएका छन ।
चौरजहारी नगरपालिकाको समन्वय तथा एचडिसियस चौरजहारी अस्पतालको प्राविधिक सहयोगमा संचालन गरीएको शिविरमा विभिन्न प्रकृतिका समस्या भएका विरामीहरुले स्वास्थ्य सेवा लिएका हुन ।
सामुदायमा आधारित पुर्नस्थापना सेवा र अपांग वहुउद्देश्य पुर्नस्थापना केन्द्रको संयुक्त आयोजनामा शिविर संचालन भएको हो ।
शिविरमा विशेष गरी अपांगता भएका व्यक्ति तथा परिवारहरको स्वास्थ्य तथा शारिरीक परिक्षण उपचार एवम परामर्श सेवा प्रदान गरीएको सिविआर सहजकर्ता शन्देश जैसीले जानकारी दिनुभयो ।
नाक,कान ,घाँटी,नसा, ग्यास्टाईटिस,जोर्नी दुखाई,पक्षघात, जस्ता विभिन्न किसीमका समस्या भएका विरामीहरुले शिविर वाट लाभ लिएको पुर्नस्थापना केन्द्रकि अध्यक्ष उमादेवी सुनारले वताउनुभयो । आज चौरजहारी नगरपालिकाको वडा नं ८ लयाँटामा शिविर संचालन हुने आयोजकले  जानकारी दिएको छ ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP